+
+

डार्बिनमा कन्सर्ट गर्दै नेपथ्यले सुरु गर्‍यो अष्ट्रेलिया टुर (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १४:३६

काठमाडौं । सांगीतिक ब्याण्ड नेपथ्यले डार्बिनबाट अष्ट्रेलिया टुर सुरु गरेको छ । स्थानीय डार्बिन इन्टरटेनमेन्ट सेन्टरमा आयोजित पहिलो कन्सर्टमा डार्बिनमा पढ्न र बसोबास गरिरहेका नेपालीको मिश्रित भीडले खचाखच रहेको नेपथ्यले जनाएको छ ।

ब्याण्डको पछिल्लो गीत ‘भटभटे’सँगै कन्सर्टको थालनी भयो । गीत चलिरहँदा काठमाडौंका सडकमा छायांकन गरिएको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो । यो भिडियो र गीतले थुप्रै नेपालीलाई स्वदेशको सम्झना दिलायो । त्यसपछि छेक्यो छेक्यो, भेडाको ऊनजस्तो गीत गुञ्जिए । गीतसँगै हलभित्र हिउँको वर्षा हुन थालेपछि कन्सर्टमा उपस्थित भएकाहरु रमाए ।

कन्सर्टबारे गायक अमृत गुरुङले भने, ‘सबै जनालाई यहाँ देख्दा मलाई गाउँमै पुगेको भान पर्दैछ । अब म तपाईंहरुलाई हाम्रो उतै गाउँको रोदीघरतिर लैजान्छु ।’ त्यसपछि उनले ‘लामपाते सुरती’ गाउँदा दर्शकले गाउँघरको सम्झना गरे । जोमसोमै बजारमा, शिरफूल शिरैमा,  यो जिन्दगानी, जोगले हुन्छ भेट, रेशम र तालको पानीजस्ता गीत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्त्य भने राष्ट्रिय झण्डाको महिमागान गर्दै ‘रातो र चन्द्रसूर्य’ सुनाएर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?