+
+

गिरीको माग अनुसार उच्चले दिएन आदेश, भीमफेदी कारागार लैजाने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १२ गते १५:४०

१२ माघ, विराटनगर । उच्च अदालत विराटनगरले मोरङ कारागारका चौकीदार कैदी अभिषेक गिरीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

आफ्नो स्थानान्तरणको निर्णय बदरका लागि अन्तरिम आदेश माग गर्दै कैदी गिरीले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । न्यायाधीश रामबहादुर थापा र मिलनकुमार राईको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले अन्तरिम आदेश नदिएपछि उनलाई मकवानपुर कारागार कार्यालय भीमफेदी लैजाने बाटो खुलेको छ ।

उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले गिरीले दायर गरेको रिटमा उच्च अदालतले अन्तरिम आदेश नदिएको जानकारी दिए । ‘निवेदकको माग बमोजिम अदालतले अन्तिम आदेश दिएन,’ उनले भने, ‘अब निर्णय कार्यान्वयन गर्न बाटो खुल्यो ।’ गिरीले जेल सरुवा रोक्नका लागि अन्तरिम आदेशको माग गर्दै ३ माघमा रिट दायर गरेका थिए ।

कारागारका चौकीदारलाई कारागारबाट बाहिर हिँड्न छुट हुन्छ । विराटनगर कारागारमा रहेर बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि गिरीलाई कारागार व्यवस्था विभागले गत पुस २९ गते सरुवा गर्ने निर्णय भएको थियो ।
आफ्नो सरुवाको निर्णयका बारेमा अगाडि नै जानकारी पाएका चौकीदार गिरी कारागार भित्र बसेका छन् । उनका पक्षका कैदीबन्दीले सरुवाको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

गिरी २०७४ चैत २३ गते भन्दा अगाडि मोरङ कारागारमा चौकीदार थिए । कैदीबन्दीलाई यातना र बजारमा चन्दा आतंक मच्चाएको गुनासो आएपछि उनलाई २०७४ चैत २३ गते डिल्लीबजार कारागार लगिएको थियो । तर नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री भएपछि उनी २०७८ मंसिर ९ गते दोस्रो पटक मोरङ कारागार आएर चौकीदार बनेका थिए ।

गिरी नेपाली कांग्रेसको स्थानीय नेताको संरक्षणमा छन् । दोस्रो पटक गिरीलाई मोरङ ल्याउने क्रममा कारागार भित्र विवाद भएको थियो । उनलाई मोरङ ल्याउनका लागि मोरङ कारागारका तीन जना चौकीदारलाई मोरङबाट अन्यत्र सारिएको थियो ।

गृहमन्त्री परिवर्तन भएलगतै गिरीकोे मोरङबाट स्थानान्तरण भएको थियो । अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तान गरिरहेका गिरीको कैद भुक्तान अवधि फागुन ३ गते सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?