+
+

एट्लेटिकोलाई हराउँदै रियल मड्रिड कोपा डेल रे को सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते ९:०७

१३ माघ, काठमाडौं । शहरी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडलाई अतिरिक्त समयमा ३-१ ले पराजित गर्दै रियल मड्रिड स्पानिस कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा एट्लेटिको सुरुआती अग्रता लिएपनि रियलले पुनरागमन गर्दै खेल जितेको हो । रियलका लागि रोड्रिगो, करिम बेन्जेमा र भिनिसियस जुनिएरले गोल गरे । अतिरिक्त समयमा एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।

खेलमा अग्रता भने एट्लेटिकोले १९औं मिनेटमा अल्भारो मोराटाको गोलबाट लिएको थिए । निर्धारित समयमको ११ मिनेट बाँकी रहँदा पनि रियल पछि थियो र प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको थियो । तर रोड्रिगोले ७९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे ।

निर्धारित समयम १-१ को बराबरी भएपछि ३० मिनेटको अतिरिक्त समय थपियो । जहाँ रियलले दुई गोल थप्यो भने एट्लेटिकोका एक खेलाडीले रातो कार्ड पाए ।

स्टेफान साभिकले ९९औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

त्यसपछि १०४औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २-१ को अग्रता दिलाए । अतिरिक्त समयमको पनि थप गरिएको इन्जुरी टाइममा भिनिसियसले गोल गरेपछि रियलले ३-१ को जित निकाल्यो ।

यस्तै अर्को खेलमा एथ्लेटिक विल्वाओले भ्यालेन्सियालाई ३-१ ले नै पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ ।

यसअघि नै बार्सिलोना र ओसासुनाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । अब सेमिफाइनलको ड्र जनवरी ३० तारिखमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?