+
+

इसेवाको कर्मचारी हुँ भनी रकम ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १६:१३

१३ माघ, काठमाडौं। प्रहरीले इसेवा कार्यालयको आधिकारिक कर्मचारी हुँ भनी ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेकको छ ।

पक्राउ पर्नेमा धनुषाको माधव नारायण नगरपालिका-२का १९ वर्षीय शुभम साह रहेका छन् ।

उनको साथबाट प्रहरीले बाइक, मोबाइलफोन २ वटा, १० वटा सिमकार्ड, ३ वटा एटीम कार्ड बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि ठगी कसूरमा आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।

उनले ३३ जना सेवाग्राहीको वालेट आइडीमा अनधिकृत रुपमा पहुँच पुर्‍याई विभिन्‍न बैंक खातामा करिब १६ लाख १३ हजार रुपैयाँ ट्रान्सफर गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?