+
+

चोरीको चुरोट किनेको आरोपमा कलैया ३ का वडा अध्यक्ष पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १३ गते १७:१८

१३ माघ, वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मोहन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरीको चुरोट उनको साथबाट बरामद भएपछि प्रहरीले उनलाई सेधपुछका लागि नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । एक कार्टुन चुरोटको एक लाख जति पर्ने दावी गोदाम सञ्चालकको छ ।

चोरीमा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको भनेपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले वडा अध्यक्षलाई चोरी भएको चुरोट खरिद गरेको आरोप लागेपछि सोधपुछका लागि बोलाएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?