+
+

पोखरामा जलेकी महिलाको अवस्था गम्भीर, पुरुषको सुधारोन्मुख

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १५:१७

१५ माघ, पोखरा । पोखरामा आइतबार विहान जलेका दुई जनामध्ये महिलाको अवस्था गम्भीर छ भने पुरुषको अवस्था सुधारोन्मुख रहेको छ । पोखरा महानगरपालिका-१३ काँहुखोलामा स्टेशनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री र उनी बस्दै आएका घरको घरधनी संगीता सापकोटा जलेका हुन् ।

उनीहरुको हाल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । कृष्णबहादुरले संगीताको घरमा स्टेशनरी पसल चलाउँदै आएका थिए ।

‘महिला ८५ प्रतिशत जलेकाले इमर्जेन्सीमा राखेर उपचार भइरहेको छ, अवस्था चिन्ताजनक छ’, अस्पतालका निर्देशक भरत खत्रीले भने, ‘पुरूष २५ प्रतिशतमात्र जलेका छन्, इमर्जेन्सीबाट सर्जरीमा सारेर उपचार भइरहेको छ ।’

घटनाप्रति दुबैजनाको परिवार आश्चर्यमा परेका छन् । कृष्णबहादुरकी श्रमती र संगीताका श्रीमान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमै छन् । घटनाबारे अनेक अड्कलबाजी भए पनि ठ्याक्कै यकीन भएको छैन ।

प्रहरीका अनुसार कृष्णले शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्दा घरधनी महिलाले देखेर बोतल खोस्दा उनको शरीरमा पनि पेट्रोल परेको र आगो लागेको हो ।

‘शनिबार नै बाइकमा प्रट्रोल सकियो भनेर साथीसँग एउटा बोटलमा पेट्रोल लिएका रहेछन्’, एक प्रहरी अधिकारीले भने, ‘बिहान प्रट्रोलको बोटल लिएर बाथरुममा गई शरीरमा छर्किएर आगो लगाउँदै रहेछन् । घरबेटी महिलाले देखेर बोटल खोस्दा उनको ज्यानमा पनि पेट्रोल खस्यो र उनलाई पनि आगो लाग्यो भन्ने छ । थप अनुसन्धान भइरहेको छ ।’

उनले चिकित्सकहरुलाई आफूलाई बाँच्न मन नभएको भन्दै उपचार नगर्न आग्रह गरेका छन् । प्रहरीका अनुसार कृष्ण आर्थिक समस्यामा थिए । उनकी श्रीमतीले मादीको ताङतिङमा पढाउँछिन् । कृष्णले प्रहरीलाई आफू आर्थिक समस्यामा रहेको र मर्न पाउनुपर्ने बताएका छन् । प्रारम्भिक अनुसन्धानले कृण्ण डिप्रेसनमा रहेको पाइएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?