+
+

अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको प्रशिक्षक नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १५ गते १६:०२

१५ माघ, काठमाडौं । अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे ।

गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । बृन्दा देवान टिम म्यानेजर नियुक्त भएकी छन् ।

नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

घरेलु फुटबलमा ए डिभिजन क्लब नेपाल पुलिसको प्रशिक्षक रहेका अनन्तलाई एन्फाले भारतसँगको खेलका लागि मात्रै प्रशिक्षक नियुक्त गरेको हो ।

राष्ट्रिय टिमका पूर्व खेलाडी समेत रहेका थापाले यसलाई अवसर र चुनौतीका रुपमा लिएका छन् । ‘यो मेरो लागि अवसर र चुनौती पनि हो । भारत दक्षिण एसियाको राम्रो टोली हो । नेपालमा साफ च्याम्पियनसिप हुँदा म प्राविधिक कमिटीमा रहेर काम गरेको थिएँ । अब राम्रो तयारी गरेर खेल्ने योजना छ’, थापाले अनलाइनखबरसँग भने ।

उनले टिमको बन्द प्रशिक्षक केही दिनमै सुरु हुने र खेलाडीको सूची छिटै सार्वजनिक हुने जानकारी दिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?