+
+

गृहमन्त्री को ? प्रधानमन्त्री भन्छन्– बनाएपछि थाहा हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १६ गते १४:३५

१६ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रीमा फर्किने रुचि देखाएका छन् । आइतबार नागरिकता लिएलगत्तै पार्टी सभापति बनेका उनले साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलालाई समेत भेटेका थिए । यद्यपि प्रधानमन्त्री प्रचण्डले कुनै निर्णय गरेका छैनन् ।

सोमबार पार्टी पदाधिकारी बैठकमा पनि यसबारे खासै छलफल नभएको माओवादीका एक नेताले बताए ।

बैठकपछि बहिरिने क्रममा सञ्चारकर्मीहरुले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्रीबारे प्रश्न गरेका थिए । गृहमन्त्री कसलाई बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘बनाएपछि थाहा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?