
काठमाडौं । नेपालको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँ क्याम्पेन सुरु गरेको छ । पिरो खानेकुरा खाएपछि पिरो मेटाउन र खानेकुराहरुको स्वाद अझै लिनका लागि स्प्राइट सबैभन्दा उपयुक्त पेय पदार्थ हो भन्ने सन्देश दिनका लागि यो नयाँँ क्याम्पेन सुरू गरिएको कम्पनीले जनाएको छ ।
यो क्याम्पेनको एउटा भागको रुपमा टेलिभिजन कमर्सियल पनि बनाइएको छ । जसमा जसिता गुरुङ, नाजिर हुसेन र कविता नेपालीले अभिनय गरेका छन । यसको छायांकन जनकपुरमा गरिएको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो पहिलो क्याम्पेन हो जसमा स्प्राइटले नेपालमा खानासँग आफ्नो सम्बन्धलाई देखाउने प्रयास गरेको छ । यो भन्दा अगाडिको क्याम्पेनहरुमा भने स्प्राइटले गर्मीमा युवाहरुलाई रिफ्रेस बनाउने पेय पदार्थको रुपमा आफूलाई प्रस्तुत गर्ने गर्थ्यो ।
यो स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमा पनि रमाइला जिफहरु र स्पाइसी फुड मोमेन्टका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको छ । त्यस्तै विभिन्न सोसल मिडिया इन्फ्लुएन्सरहरुसँग पनि सर्प्राइज कोल्याबोरसन गरिएको छ जुन स्प्राइट नेपालको सामाजिक सञ्जालहरुमार्फत चाँडै नै सार्वजनिक गरिने पनि कम्पनीले जनाएको छ ।
नेपाली युवाहरु पिरो चाउचाउ, पिरो चट्पटे जस्ता पिरो खानेकुरा अत्यन्तै रुचाउने भएकोले त्यस्ता पिरो खानेकुराहरुका लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिन यो योजना ल्याइएको कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले जानकारी दिए । यो योजनाले ग्राहकहरुको मन जित्नेमा आफूहरु आशावादी रहेको उनले बताए ।
गत वर्ष स्प्राइटले अझ रिफ्रेसिङ लेमनको स्वादमा स्प्राइट नेपाली बजारमा ल्याएको थियो । अहिले बजारमा १७५ मिलि र २५० मिलिको आरजीबी बोतल (रिटर्नेबल ग्लास बोतल) तथा २५० मिलि, ५०० मिलि, १ लिटर र १.५ लिटर २.२५ लिटरको पेट बोतलमा बजारमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4