+
+

मार्च अन्तिमदेखि पासवर्ड सेयरिङ सुविधा बन्द गर्दै नेटफ्लिक्स

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते ११:३८

काठमाडौं । नेटफ्लिक्सले प्रयोगकर्ताको लागि पासवर्ड सेयरिङको सुविधा आगामी मार्च अन्तिमदेखि बन्द गर्ने भएको छ । संसारकै ठूलो ओटीटी प्लेटफर्मको यो निर्णयपछि पासवर्ड सेयर गरेर बढी चलाइने नेपालजस्ता मुलुकका प्रयोगकर्ता प्रभावित हुनेछन् ।

अघिल्लो साता सेयरहोल्डरलाई बुझाएको एक समीक्षा पत्रमा नेटफ्लिक्सले यो योजना पेस गरेको छ । पहिलो चौमासिकको अन्त्यसम्म पेड सेयरिङलाई अझै सशक्त रुपले लागु गर्ने योजना उक्त पत्रमा उल्लेख छ ।

मार्च अन्तिम सातादेखि दर्शकले अब प्लेटफर्मको पासवर्ड सेयर गरेर चलाउन पाउने छैनन् । एक व्यक्ति एक पासवर्ड हुँदा यसले सेयरिङ अनुसार चलाउने गरेका ग्राहक प्रभावित हुने पक्का छ ।

पछिल्लो समय प्रयोगकर्ताको घट्दो क्रम र आम्दानीलाई लक्षित गर्दै पासवर्ड सेयरमा शुल्क लिने तयारीमा नेटफ्लिक्स जुटेको हो । ठ्याक्कै यही मितिबाट पासवर्ड सेयरिङ बन्द हुने भनिएको त छैन तर मार्च अन्तिमदेखि यो कार्य रोकिने पक्का देखिएको छ । एक प्रयोगकर्ताले होम अकाउन्ट चलाउन त पाउनेछन् तर अन्य होमका लागि नेटफ्लिक्सलाई शुल्क तिर्नुपर्नेछ ।

अहिले अर्जेन्टिना, डोमिनिकन रिपब्लिक, होन्डुरस, एल साल्भाडोर र ग्वाटेमाला लगायत मुलुकमा नेटफ्लिक्सले यो मोडल प्रयोगमा ल्याइसकेको छ । यी मुलुकमा प्रयोगकर्ताले प्रति होम अकाउन्टका लागि २.९९ डलर शुल्क तिरेका छन् । कोरोना महामारीपछिको समय अर्थात् सन् २०२२ कम्पनीका लागि निकै कष्टकर बनिरहेको समेत नेटफ्लिक्सले उक्त पत्रमा उल्लेख गरेको छ । महामारीपछि प्लेटफर्मका प्रयोगकर्तामा गिरावट आएको कम्पनीले जनाएको छ ।

पहिलो चौमासिकमै प्रयोगकर्ता दुई लाखले घटेका थिए । तर सन् २०२३ सुरु भएसँगै आशा जगाएको र ‘मेम्बरसिप’मा वृद्धि भएको समेत कम्पनीले जनाएको छ । पछिल्लो समय बेलायती राजकुमार ह्यारी र मेगनको सनसनीपूर्ण डकुमेन्ट्रीले नेटफ्लिक्सलाई फाइदा पुगेको समेत जनाइएको छ ।

कोरोना महामारीको समयमा नेपालमा समेत नेटफ्लिक्सका प्रयोगकर्ता ह्वात्तै बढेका थिए । अहिले पनि पासवर्ड सेयरिङ सुविधामार्फत नेपालमा नेटफ्लिल्क्स प्रयोगकर्ताले प्लेटफर्मका फिल्म र सिरिज हेरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?