+
+

एशियन हाइड्रोपावरको आईपीओ २७ माघदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १७ गते १२:०५

१७ माघ, काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले २७ माघदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशतले हुने आउने ८ करोड ४० लाख रपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो ।

जसमध्ये ८४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई जारी गरिसकेको छ । त्यस्तै ४२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि र १६ हजार ८०० कित्ता सेयर कर्मचारीहरुको लागि सुरक्षित गरेको छ । बाँकी रहेको ६ लाख ९७ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो ।

कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य प्राप्त गरेका बैंक तथा वित्तीय संस्था मेरो सेयर  सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।  उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीको आह्वान पत्रमा उल्लेख छ ।

कम्पनीले आईपीओ निष्काशनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको रहेको जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?