
काठमाडौं । सनराइज बैंक लिमिटेडले र त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय व्यवस्थापन विभाग (सीएमडी) बीच सम्झौता भएको छ । सम्झौताअनुसार एमबीएसमा अध्ययनरत ८ जना विपन्न तथा जेहेनदार विद्यार्थीहरुलाई थेसिस प्रयोजनका लागि आवश्यक पर्ने आर्थिक सहयोग गर्ने बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिवि केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले हस्ताक्षर गरे ।
बैंकको यस्तो सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख आचार्यले बताए ।
हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल लगायत त्रिविका अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4