
१९ माघ, काठमाडौं । जापानी भेट्न स्ट्राइकर काजुयोसी मिउरा आफ्नो ५६औं जन्मदिनको नजिक छन् । तर उनी अझै व्यावसायिक फुटबल खेलिरहेका छन् भन्दा अचम्म लाग्ला ।
पाँच फरक दशकमा फुटबल खेलिरहेका मिउरा भर्खरै पोर्चुगलको दोस्रो श्रेणीको क्लब ओलिभिरेन्समा लोनमा अनुबन्ध भए । त्यसअघि उनी जापानी जे लिगको क्लब योकोहामा एफसीबाट खेलिरहेका छन् ।
पोर्चुगल उनले फुटबल खेल्न लागेको छैटौं देश हो । यसअघि उनले ब्राजिल, जापान, इटली, क्रोएसिया र अष्ट्रेलियामा खेलिसकेका छन् ।
‘मेरो लागि यो नयाँ स्थान भए पनि म सबैलाई मैले कडा मिहिनेत गरेर देखाउन चाहन्छु, जसको लागि म चिनिन्छु,’ २६ फेब्रुअरीमा जन्मदिन मनाउने तयारीमा रहेका मिउराले भने ।
उनले यसअघि आफू ६० वर्षको हुँदासम्म खेलिरहने बताएका थिए ।
मिउराले गत सिजन लोनमा सुजुका पोइन्ट गेटर्सबाट खेलेका थिए । जहा उनले १८ खेलमा २ गोल गरे । जापानको चौथो श्रेणीको क्लब उनकै दाइ याशुतोषीले प्रशिक्षण दिएको क्लब हो ।
पोर्चुगलको ओलिभिरेन्समा पनि योकोहामाकै अधिकांश लगानी छ ।
मिउराले सन् १९८६ मा ब्राजिलियन क्लब सान्तोसबाट खेल्न सुरु गरेका थिए ।
उनले सन् २०१७ मा जे लिगमा थेस्पाकुसात्सु गुन्माका लागि ५० वर्ष १४ दिनको हुँदा गोल गर्दै सबैभन्दा पाका गोलकर्ता बनेका थिए ।
‘किङ काजु’ को रुपमा परिचित मिउरा जापानमा धेरै माया पाउने खेलाडीमध्ये हुन् । सन् १९९३ मा लन्स भएको जे लिगको उनले फेस अफ दि लिगसमेत बनेका थिए ।
सन् १९९० देखि २००० सम्म जापानका लागि खेलेका उनले ८९ खेलमा ५५ गोलसमेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4