
१९ माघ, विराटनगर । विराटनगर महानगरपालिका– २ शंकरपुरस्थित भित्री सडकमा बिहीबार सुरु भएको सीएनआई कोसी एक्स्पोविरुद्ध उच्च अदालतरमा रिट परेको छ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको उक्त मेलाका कारण आवागमन अवरुद्ध भएको भन्दै कानुनका विद्यार्थी विन्दानन्द नुन्दीले उच्च अदालतमा रिट दिएका हुन् ।
९ दिनसम्म सञ्चालन हुने एक्स्पोका लागि सडक बन्द गरेका कारण सवारी–साधन र सर्वसाधारणले वैकल्पिक सडक प्रयोग गर्नुपर्नेछ । यात्रुका लागि बैकल्पिक सडक भएका कारण स्थानीय प्रशासनसँग अनुमति लिएर सडकको केही भाग प्रयोग गरिएको एक्स्पो आयोजक नेपाल उद्योग परिसंघ प्रदेश १ ले जनाएको छ ।
निवेदक नुन्दीले टिन पाता प्रयोग गरेर छेकिएको सडक खुलाई आवागन सहज बनाउन अन्तरिम आदेश माग गरेका छन् । रिटमा मोरङका प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिका र उद्योग परिसंघ प्रदेश १, ट्राफिक प्रहरीलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया 4