+
+

‘ह्रस्वदीर्घ’मा कलाकार हेरफेर, सलोन बाहिरिंदा आदर्श मिश्रा भित्रिए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १७:३४

काठमाडौं । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकार हेरफेर भएका छन् । सेड्युल नमिलेको भन्दै सलोन बस्नेतले प्रोजेक्ट छाडेका छन् भने उनको ठाउँमा कमेडियन आदर्श मिश्रा भित्रिएका छन् । अहिले मुम्बइमा बसेर मिश्राले फिल्मको कार्यशाला गरिरहेका छन् भने यो उनको डेब्यु प्रोजेक्ट हुनेछ ।

होमप्रोडक्सन फिल्म ‘जय हो’को छायांकनमा ब्यस्त हुनुपर्ने भएपछि बस्नेतले फिल्म छाडेको जनाइएको छ । शोभित बस्नेतको ‘जय हो’ छायांकन फागुन २५ गतेदेखि सुरु हुँदैछ ।

फेब्रुअरी ६ देखि भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट ‘ह्रस्वदीर्घ’ छायांकन सुरु हुँदैछ । यसका लागि कास्ट एण्ड क्रिउ भारतमा छन् । नेपालमा भने चैतदेखि छायांकनको तयारी छ । हरिहर अधिकारी र नीता ढुंगानाको प्रमुख भूमिका रहने फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्नेछन् ।

नीता ढुंगाना फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्ममा यसअघि भारतीय कलाकारहरु ब्रम्हानन्द, सुनिल बर्मा लगायत जोडिएका छन् । पछिल्लोपटक नयाँ कलाकारको रुपमा नरेन खड्का पनि प्रोजेक्टमा जोडिएको जनाइएको छ । फिल्मलाई नेपाली र हिन्दी भाषामा छायांकन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?