+
+

फिल्म ‘प्रेमा’ चैत १७ मा प्रदर्शन हुने, रोमान्टिक पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ १९ गते १८:३८

काठमाडौं । गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ गते प्रदर्शन तयारीमा छ । एक पोस्टरमा प्रमुख कलाकार अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।

उक्त पोस्टरमा तीनैजना कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा शुभेच्छा, अरुण र सृष्टि प्रसन्न भावमा देखिन्छन् । तेस्रो पोस्टरमा शुभेच्छा र अरुण रोमान्टिक देखिँदा अरुण र सृष्टि खुशीको मुडमा छन् । समग्रमा भन्दा यो फिल्म त्रिकोणात्मक सम्बन्धको कथावस्तुमा आधारित छ ।

‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह-निर्देशन गरेका भण्डारीले ‘रणवीर’मार्फत निर्देशकीय डेब्यु गरेका थिए । फिल्म ‘प्रेमा’मार्फत उनले निर्माणमा पनि पाइला चालेका छन् । लेखक तथा निर्देशक विवेक घिमिरेले ‘प्रेमा’ निर्माणमा सहकार्य गरेका छन् ।

यो फिल्मको छायांकन काठमाडौं, धनगढी र कर्णालीमा गरिएको हो । फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलियाको पनि अभिनय छ । सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको संगीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?