+

विश्व बक्सिङ च्याम्पियनसिप खेल्न जाने नेपाली खेलाडीको बिदाइ

२०८२ असोज  २४ गते २१:०२ २०८२ असोज २४ गते २१:०२
विश्व बक्सिङ च्याम्पियनसिप खेल्न जाने नेपाली खेलाडीको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाको ब्रिस्बेनमा अक्टोबर १५ देखि १९ सम्म हुने विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा नेपाली बक्सर उमङ्ग खत्री र अजित मगर सहभागी हुनेछन्।
  • ललितपुर जिल्ला खेलकुद समितिका अध्यक्ष विनोद महर्जनले खेलाडीहरूलाई बिदाइ गरेका छन् र एनपीबीसी अध्यक्ष राजन विक्रम प्रजापतिले दोसल्ला ओढाएर सम्मान गरेका छन्।
  • प्रतियोगितापछि दुवै खेलाडीले अस्ट्रेलियाका विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण लिनेछन् र म्याक्स बक्सिङ प्रमोशनले बसोबास तथा व्यवस्थापनको जिम्मेवारी लिनेछ।

२४ असोज, काठमाडौ् । अस्ट्रेलियाको ब्रिस्बेनमा आगामी अक्टोबर १५ देखि १९ सम्म हुने विश्व बक्सिङ च्याम्पियनसिप २०२५ मा सहभागी हुन लागेका नेपाली बक्सरद्वय उमङ्ग खत्री र अजित मगरलाई एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।

ललितपुर जिल्ला खेलकुद समितिका अध्यक्ष विनोद महर्जनद्वारा बिहीबार आयोजित एक कार्यक्रममा दुवै खेलाडीलाई बिदाइ गरेका हुन । नेपाल प्रोफेसनल बक्सिङ कमिसन (एनपीबीसी) का अध्यक्ष राजन विक्रम प्रजापतिले खेलाडीलाई दोसल्ला ओढाएर सम्मानपूर्वक बिदाइ गरे ।

प्रतियोगितामा ललितपुर विष्णुडोल निवासी उमङ्ग खत्रीले ५१ केजी तौल समूहमा तथा उदयपुरको गाईघाट निवासी अजित मगरले ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रममा ललितपुर जिल्ला बक्सिङ संघका अध्यक्ष ओम नारायण श्रेष्ठ, संघका भूपू अध्यक्ष तथा राष्ट्रिय खेलाडी गोविन्द डंगोल लगायतले खेलाडीलाई आर्थिक सहयोग प्रदान गरे ।

म्याक्स बक्सिङ प्रमोशनका अध्यक्ष दोया मुक्ति थापा र विपिन कार्कीले अस्ट्रेलियामा खेलाडीहरूको बसोबास तथा व्यवस्थापनको जिम्मेवारी लिने जानकारी दिइएको छ ।

त्यस्तै, एनपीबीसीका महासचिव सविन कार्कीका अनुसार दुवै खेलाडीले प्रतियोगितापछि अस्ट्रेलियाको विभिन्न क्लबमा दुई महिनासम्म विशेष प्रशिक्षण पनि लिने जानकारी गराएका छन् ।

विश्व बक्सिङ च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय