+
+

पर्सा मालपोतका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २० गते १६:२८

२० पुस, काठमाडौं । युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख कमोद तिवारी, तत्कालीन नायब सुब्बा शम्भु साह रौनियार, तत्कालीन खरिदार शिवप्रसाद साह तेली, रिन्ता कुमारी र वीरगञ्ज ३१ का खेख सफी अहदमविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले स्पोट्र्स क्लबको नाममा रहेको साविकको बेल्वा गाविस ८ मा रहेको १ रोपनी ५ आना जग्गा शेष सफी अहमदको नाममा गराएका थिए । यसका लागि फिल्ड प्रतिवेदन, निर्णयको टिप्पणी समेत पेश गरेर निर्णय गराएका थिए भने आफ्नो गलत निर्णय ढाकछोप गर्न मोठ समेत च्यातिएको अख्तियारको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?