+
+

एमालेलाई बाइपास गर्न खोजेका छैनौं : देवेन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १८:५४

२१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमाले मिल्नुपर्ने बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समितिको बैठकपछि उनले राष्ट्रपति निर्वाचनका विषयमा पार्टीको यसअघिको धारणा परिवर्तन नभएको बताए । यसअघि माघ १३ गते स्थायी कमिटीको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको थियो ।

सचिव पौडेलका अनुसार माओवादीले एमालेलाई बाइपास गरेर केही नयाँ निर्णय गर्न खोजेको छैन । तर, संविधानको संरक्षण र रक्षाका लागि राष्ट्रपतिमा कांग्रेस र एमालेसहितको सहमति आवश्यक रहेको आफूहरुको निचोड रहेको उनले बताए ।

‘एमालेलाई बाहिर राखेर, बाइपास गरेर केही नयाँ गर्न खोजेकै छैनौं हामीले । उहाँहरुसहित सहमति गरौं भनेको हो’, राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचनबारे सचिव पौडेलले भने ।

उनले अगाडि थपे, ‘एमाले, कांग्रेस जस्ता पार्टीहरुसँग सहमति गरेर मिलेर जाउँ संविधानको संरक्षण गरौं, संविधान अनुसार अगाडि बढौं भनेको हो । यस विषय (राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन)मा एमालेसँग दुरी बढाउनुपर्ने, एमालेलाई चिढ्याउनुपर्ने केही करण नै छैन ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबै दलले विश्वासको मत दिएको, देशको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नका लागि समेत राष्ट्रिय सहमति आवश्यक भएकाले राष्ट्रपति पनि राष्ट्रिय सहमतिमा चयन गर्नुपर्ने पौडेल बताउँछन् ।

नेता पौडेलले गृह मन्त्रालयबारे राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको अल्टिमेटम कुनै चिन्ताको विषय नभएको बताए । रास्वपाले गृह मन्त्रालय नपाए सरकार छाड्ने चेतावनी दिएको छ । बिहीबार बसेको उसको केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानन्त्रीलाई दिएको दुई दिनको समय शनिबार सकिएको छ ।

‘समय सकिएपछि उहाँहरु कसरी आउनुहुन्छ, त्यस आधारमा निर्णय हुन्छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?