+
+

पोखरामा क्यारमबोर्ड प्रतियोगिता, पुरस्कार ९० हजार

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २१ गते १९:३७

२१ माघ, पोखरा । पोखरामा ९० हजार पुरस्कार राशीको क्यारमबोर्ड प्रतियोगिता हुने भएको छ । फागुनको ५ र ६ गते हुने प्रतियोगिता पोखरा १८ को पीपलडाली क्लबले आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा पहिलो हुने टिमले ९० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

आयोजक टिमका सदस्य राजकुमार पुनले प्रतियोगितामा ३० देखि ३५ टिमको सहभागी रहने अपेक्षा राखेको जानकारी दिए । प्रतियोगितामा भाग लिन ४ हजार रुपैयाँ प्रवेश शुल्क तिर्नुपर्ने छ ।

‘क्यारेम खेलले पनि भाइचारा राख्दै आएको छ । गाउँघरमा सबैभन्दा लोकप्रिय खेल पनि हो,’ पुनले भने, ‘यसैलाई प्रतियोगिताका रुपमा लैजाने र खेलाडीको सीपलाई पनि उजागर गर्ने हिसाबले प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’

प्रतियोगिता अवधिभर खेलाडीले अपमानजनक शब्द प्रयोग गर्न नपाइने, मादक पदार्थ सेवन गर्न नपाइने नियम बनाइएको छ । टाढाबाट आएका खेलाडीलाई खान र बस्नको व्यवस्था गरिएको छ । ‘पहिलो राष्ट्रियस्तरको प्रतियोगिता भएकाले देशैभरिबाट खेलाडी सहभागी हुन सक्नुहुन्छ,’ पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?