+

साफ यू-२० महिला च्याम्पियनसिप नेपालले आज भुटानसँग खेल्दै

२०७९ माघ  २२ गते ९:०९ २०७९ माघ २२ गते ९:०९
साफ यू-२० महिला च्याम्पियनसिप नेपालले आज भुटानसँग खेल्दै

२२ माघ, काठमाडौं । बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपमा नेपालले आफ्नो दोस्रो खेलमा आज भुटानसँग खेल्दैछ ।

खेल बीएसएसएस मोस्ताफा कमल स्टेडियमा ढाकामा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुर हुनेछ ।

पहिलो खेलमा पराजित भएका दुवै टोली आज सुखद नतिजाको लक्ष्यमा छन् ।

उद्घटान खेलमै भुटान भारतसँग १२-० को फराकिलो अन्तरले पराजित भएको थियो । यस्तै नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग ३-१ ले पराजित भएको थियो ।

शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना कायम राख्ने हो भने नेपालले आजको खेल जित्नैपर्नेछ । अझै फराकिलो अन्तरले जित्नुपर्नेछ । राउण्ड रोविन लिगमा शीर्ष दुई टिम मात्र फाइनल पुग्नेछन् र नेपालले लिगको अन्तिम खेल मंगलबार भारतसँग खेल्नेछ ।

आजै बेलुका पौने ७ बजे बंगलादेश र भारतबीत खेल हुनेछ ।

नेपालको फाइनल पुग्ने बाटो अब एउटै मात्र छ । नेपालले भुटान र भातरलाई पराजित गर्ने अनी भारत आज बंगलादेशसँग पराजित हुने ।

यसो भएमा बंगलादेश ९ अंक जोडेर शीर्ष र नेपाल ६ अंक जोडेर दोस्रो स्थानमा हुनेछ ।

महिला फुटबल साफ यू-२० महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय