+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सार्वजनिक चार्जिङ स्टेसनमा डिमान्ड चार्ज लिएको भन्दै विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १४:५८

२२ माघ, काठमाडौं । सुन्दर यातायात प्रालिले सार्वजनिक विद्युतीय चार्जिङ स्टेसनमा पनि डिमान्ड चार्ज लिइएको भन्दै विरोध गरेको छ । विद्युत प्राधिकरणले नियम विपरीत सार्जवनिक सवारीको चार्जिङ स्टेसनामा पनि डिमान्ड शुल्क लगाएको विरोधमा कम्पनीले भोलि सोमबारदेखि आफ्ना सबै चार्जिङ स्टेसन बन्द गर्ने चेतावनी दिएको छ ।

कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार जनकपुर, ढल्केबर, बुटवलसहित काठमाडौंमा चलिरहेका चार्जिङ स्टेसनबाट प्राधिकरणले डिमान्ड चार्ज उठाइरहेको छ । ‘या विद्युत नियमन आयोगले तोकेको शुल्क विपरीत छ,’ उनले भने, ‘विद्युतीय बस चलाउने वातावरण तयार गर्न सरकारले लिएको नीति नै कार्यान्वयन नहुँदा हामी सेवा दिन नसक्ने अवस्थामा पुगेका छौं ।’

उनले आफ्ना मागको सुनुवाइ नभए कम्पनीका विद्युतीय बसहरु पनि बन्द गरिने चेतावनी दिए । थापाका अनुसार यस्तो शुल्क हटाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पनि ज्ञापनपत्र बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?