+
+
Shares

रविको बचाउ गर्दै ओली : यो फैसलाले कसलाई न्याय भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १५:२०

२२ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् । यो फैसलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए ।

प्रतिनिधिसभाको आइतबारकाे बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताए । तर यो फैसलाले आफ्नो मनमा केही प्रश्न आएको उनले बताए ।

उजुरीकर्तालाई के मर्का पर्‍यो र उजुर गर्न गए भन्ने आफूले नबुझेको ओलीले बताए । असम्बन्धित व्यक्तिले निवेदन दिएको उनको दाबी छ । संविधान र कानुन उल्लंघन भए रोक्नुपर्ने, तर एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने ओलीले बताए ।

उनले अघि भने, ‘रवि लामिछाने ढोका खुला देखेर फुत्त पसेको हाइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउँछ भनेर सदर गरेको र चुनाव लड्दा अत्यधिक मतले आफ्नो प्रतिनिधि छानेको हो ।’

सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको भन्दै उनले अघि भने, ‘त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का भयो ।’

उनले अगाडि भने, ‘न्याय भयो कि भएन ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?