+
+

रोमानिया, स्लोभाकिया पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १५:२९

२२ माघ, काठमाडौं । प्रहरीले रोमानिया, स्लोभाकिया लगायतका देशहरूमा पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थायी घर भई हाल टोखा नगरपालिका-१० बस्‍ने ४० वर्षीय हरि बस्‍नेत र प्युठानको गौमुखी गाउँपालिका-७ स्थायी घर भई हाल तारकेश्वर-११ बस्‍ने ४२ वर्षीय हेमलाल पुन मगर रहेका छन् ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराधन अनुसन्धान कार्यालयको टोलीले तारेकेश्वर ११ शेषमतीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालि खोलेर ९ जना व्‍यक्तिहरुलाई जनही ५ लाख रुपैयाँ गरी ३१ लाख ९० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?