+
+

‘सम्पत्ति शुद्धीकरण ऐन संशोधनको विधेयक नल्याउनु गम्भीर’

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १७:१७

२२ माघ, काठमाडौं । नेपाली कांग्रेसमा सांसद प्रदीप पौडेलले सम्पत्ति शुद्धीकरण ऐन संशोधनका लागि विधेयकलाई नल्याउनु गम्भीर भएको बताएका छन् ।

प्रतिनिधि सभामा पहिलोपटक बोल्ने क्रममा सांसद पौडेलले एफएटीएफको कानुन नबनाए नेपाल ग्रे जोनमा पर्ने प्रतिवेदन दिएको प्रति सरकारको ध्यानाकर्षण गराए ।

‘एफटीएफले मापदण्डहरु पूरा गर्न नसक्दा कतिपय ठूला देशहरु आर्थिक विषयको अन्तराष्ट्रिय सञ्जालबाट बाहिरिएका छन्,’ संसदमा पौडेलले भने,‘हाम्रो जस्तो रेमिटेन्समा निर्भर देश ग्रे जोनमा परेर अन्तराष्ट्रिय वित्तिय प्रणालीबाट दण्डित र बञ्चित हुन पुग्यो भने हाम्रो सिङ्गो अर्थतन्त्र नै धरासायी हुन पुग्छ ।’

सम्पत्ति शुद्धीकरणको विषयलाई फास्ट ट्रयाकबाट अस्थायी समाधान खोजेर मात्रै नपुग्ने उनलेब बताए । अन्तराष्ट्रिय जगतलाई विश्वस्त बनाउने र आन्तरिक सुधार, भ्रष्टाचारको अन्त्य, हुण्डी निवारण लगायतका विषयका लागि कडा कानुन निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?