+
+

ललितपुरका मेयर महर्जनले मनोनयन गरे विज्ञ सल्लाहकार 

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १९:०५

२२ माघ, काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले विभिन्न क्षेत्रका विज्ञहरूलाई आफ्नो सल्लाहकारमा मनोनयन गरेका छन् ।

जनप्रतिनिधिसँग सबै क्षेत्रको ज्ञान नहुने भएकाले विज्ञको सुझाव लिएर काम गर्न सल्लाहकार मनोनित गरेको मेयर महर्जनले बताए । ‘महानगरको श्रीवृद्धिका लागि यहाँहरूको योगदान महत्वपूर्ण हुने विश्वास लिएको छु’ उनले भने ।

महानगरका अनुसार भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एन्सेट) विपद् जोखिम न्यूनीकरण गर्ने विज्ञ संस्था, मदनलाल न्याछ्यो अमूर्त सम्पदा विज्ञ, लोकबहादुर खड्का शिक्षा सल्लाहकार, दिलेन्द्रराज श्रेष्ठ पर्यटन विज्ञ, डा. रोहित रञ्जितकार सम्पदा सल्लाहकार, पदमकृष्ण श्रेष्ठ खेलकुद सल्लाहकार, पद्मसुन्दर जोशी परम्परागत पानी व्यवस्थापन विज्ञ, रिद्धिबाबा प्रधान समाजकल्याण विज्ञ, डा. तारामान अमात्य जनस्वास्थ्य विज्ञ, प्रा.डा. पुष्पमान अमात्य वनस्पति विज्ञ, डा. मदनकुमार पिया अर्बुद रोग विज्ञ र तीर्थमान शाक्य प्रशासन विज्ञका रुपमा मनोनित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?