+
+

केनको कीर्तिमानी गोलमा टोटनहमले म्यानचेष्टर सिटीलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते ८:४०

२३ माघ, काठमाडौं । ह्यारी केन टोटनहमको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । उनकै कीर्तिमानी गोलको मद्दतमा टोटनहमले आइतबार राती प्रिमियर लिगमा म्यानचेष्टर सिटीलाई १-० ले हरायो ।

यसको फाइदा शीर्ष स्थानको आर्सनललाई पनि भयो । सिटी पराजित भएपछि आर्सनलले शीर्ष स्थानमा ५ अंकको अग्रता कायम राखेको छ ।

घरेलु मैदानमा टोटनहमका लागि केनले खेलको १५औं पिएरे होएवर्गको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यहि गोल टोटनहमलाई जिताउन निर्णायक बन्यो । ८७औं मिनेटमा क्रिस्टियन रोमेरोले रातो कार्ड पाएपछि टोटनहमले दश खेलाडीमा रहेर अलको अन्त्य गरेको थियो ।

केनले टोटनहमका लागि कीर्तिमानी २६७औं गोल गरेका हुन् । उनले जिम्मी ग्रिभ्सको नाममा रहेको २६६ गोलको कीर्तिमानलाई पछि पारे ।

२९ वर्षीय केनले प्रिमियर लिगमा दुई सय गोल समेत पूरा गरेका छन् । उनी लिगमा सर्वाधिक गोल गर्ने खेलाडीमा तेस्रो स्थानमा छ । एलान सियररले २६० र वायन रुनीले २०८ गोल गरेका छन् ।

केनले सन् २०११ मा टोटनहमका लागि पहिलो गोल गरेका थिए ।

टोटनहमसँग पराजित हुँदा सिटीको उपाधि अभियानमा धक्का लागेको छ । सिटीले आर्सनलसँग अंकदुरी २ मा झार्ने अवसर गुमायो ।

सिटीको २१ खेलबाट ४५ अंक छ । एक खेल कम खेलेको आर्सनलले ५० अंक छ । २२खेलबाट ३९ अंकसहित टोटनहम पाँचौ स्थानमा छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?