+
+

टर्की भूकम्पमा नेपाली सुरक्षित छन् : एनआरएनए

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १३:१०

२३ माघ, काठमाडौं । टर्कीमा सोमबार गएको विनासकारी भूकम्पमा अहिलेसम्म नेपाली नपरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जानकारी गराएको छ ।

टर्कीको दक्षिणी भागको सिरियन सीमा नजिक ७.८ म्याग्नेच्युडको भूकम्प गएको हो । टर्कीको इस्तानबुल, अंकारा, इज्मिर, अन्टालिया, बोडुर्मलगात क्षेत्रमा २ हजारदेखि २५ सयको संख्यामा नेपालीको बसोबास रहेको एनआरएनएले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु सिरियन बोर्डन नजिकै रहेको गाजिएन्तेपमा थोरै मात्र नेपाली रहेको समेत संघले जनाएको छ । ती मध्ये केही नेपाली सम्पर्कमा समेत आइसकेका छन् ।

सम्पर्कमा आएका नेपालीले अहिलेसम्म कुनै पनि नेपाली भूकम्पमा नपरेको र सबै जना सुरक्षित रहेको जानकारी गराएका थिए । थप विवरण भने संकलन भइरहेको एनआरएनएले उल्लेख गरेको छ । टर्कीमा कुनै नेपाली भूकम्पका कारण समस्यामा परेको भए सम्पर्क गर्न समेत संघले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?