+
+

मीनभवन क्याम्पसमा नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १३:३३

२३ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघका दुई समूहबीच नेपाल कमर्श क्याम्पस (मीनभवन) क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

‘ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं,‘जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले भने,‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

शेखर-गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर-पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिए ।

तस्वीरहरु : चन्द्रबहादुर आले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?