+
+

सत्तारुढ गठबन्धन टिकाइ राख्न जरुरी छ : प्रदीप ज्ञवाली

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २३ गते १७:२०

२३ माघ, काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदिप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाई राख्न जरुरी रहेको बताएका छन् ।

राष्ट्रपति निर्वाचन सम्पन्न गर्न र मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्यौललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो । रफ्त सञ्चार क्लवले सोमबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले गत पुस १० गते भएको सहमतीलाई कार्यान्वयन गर्न सत्तारुढ दलहरु दृढतापूर्वक उभिनुपर्ने पनि बताए ।

उनले कांग्रेसले प्रतिपक्ष हुन पाउनका लागि निवेदन दिने अनि सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने जिकीरसमेत गरे ।

उपमहासचिव ज्ञवालीले भने, ‘जहाँसम्म राष्ट्रपति निर्वाचनको कुरा छ । हिजो पुस १० गते जे समझदारी भएको छ । यो सरकार बनाउने राजनीतिक दलहरुको बीचमा । त्यो समझदारी दृढतापूर्वक कार्यान्वयन हुनु पर्दछ ।’

उपमहासचिव ज्ञवालीले काँग्रेसमा सत्ताबाट हटनु परेको छटपटी सुरु भएको आरोप समेत लगाए । उनले लोकतन्त्रलाई कमजोर बन्न नदिन पनि काँग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताए।

उनले भने, ‘ नेपाली काँग्रेसले एकातिर प्रतिपक्ष हुनु पाउँ भनेर संसद सचिवालयमा निवेदन पनि दिने । अर्कोतिर सत्ताका महत्वपूर्ण अंगहरुमा हिस्सेदारी पनि खोज्ने । त्यो कहिँ पनि मिलेन । लोकतन्त्रको एउटा बलियो पक्ष भनेको एउटा सशक्त प्रतिपक्ष हो । सशक्त प्रतिपक्षको अभावमा लोकतन्त्र कमजोर हुन्छ । नियन्त्रण र सन्तुलन खल्बलिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?