+
+

अनुदान रकमसम्बन्धी विवरण पठाउन स्थानीय तहहरुलाई अर्थ मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १५:०४

२४ माघ, काठमाडौं । अर्थ मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई अनुदान रकम सम्बन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

चालु आर्थिक वर्ष ०७९/८० मा स्थानीय तहबाट वितरण हुने वा भइसकेका अनुदान रकमको विवरण अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखामा पठाउन भनिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सबै तहका सरकारले दिने अनुदानको विवरण तयार पार्न अर्थ मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई भनेको थियो । सोही माग गरेबमोजिम सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई १० दिनभित्र अनुदान रकमसम्बन्धी विवरण पठाउन परिपत्र गरेको जनाएको छ ।

परिपत्र अनुसार स्थानीय तहहरुले अनुदान दिने निकाय, अनुदान रकम, अधिकतम र न्यूनतम अनुदान, अनुदान पाउने संस्था, अनुदानको प्रभावकारिता लगायतका विषयवस्तु समेटेर विवरण पठाउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?