+
+

कांग्रेसका पूर्वसांसद घलेको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते १७:१७

२४ माघ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको मृत्यु भएको छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो ।

५९ वर्षीय घलेको मंगलबार (आज) मध्यान्ह मृत्यु भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । घले उपचारका लागि भारत पनि पुगेका थिए ।

मनाङका घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए ।

उनी कांग्रेसमा महासमिति सदस्य हुन् । सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा घलेको योगदान अतुलनीय रहेको प्रमुख सचेतक लेखकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?