+
+

प्रधानमन्त्रीले निर्देशन दिएको एक महिनापछि बल्ल सेवा प्रवाह सुधारको कार्ययोजना बन्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २४ गते २०:४१

२४ माघ, काठमाडौं । प्रधानमन्त्रीको निर्देशनको करिव एक महिनापछि सरकारले बल्ल सेवा प्रवाहमा चुस्तता र सुधार सम्बन्धी कार्ययोजना बनाउन थालेको छ ।

मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा विभिन्न मन्त्रालयबाट पेश भएको कार्ययोजनालाई अन्तिम रुप दिने तयारी भएको हो ।

गत महिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवहरुले सेवाको गुणस्तर सुधार्न र जनताले अनुभूत गर्ने गरी काम गर्न सचिवहरुलाई निर्देशन दिएका थिए ।

उनले एक महिनाभित्र देखिनेगरी सुधारका काम गर्न निर्देशन दिएपनि मन्त्रालयहरुका सचिवहरुले कसरी सेवा प्रवाह सुधार्ने भनी कार्ययोजना बनाउनै एक महिना लगाए र प्रधानमन्त्री कार्यालयमा पेश गरे ।

‘पछि फेरि त्यसमा सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रम र प्रधानमन्त्रीले विश्वासको मत लिँदा प्रतिनिधिसभामा व्यक्त गरेका प्रतिवद्धतासमेत समावेश गर्नेगरी योजना बनाउन निर्देशन भयो’ प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भने, ‘तिनैका आधारमा तयार पारिएको कार्ययोजनालाई अन्तिम स्वरुप दिन अहिले छलफल भएको हो ।’

सबै मन्त्रालय र निकायको कार्ययोजनालाई अन्तिम रुप दिएपछि निर्णय गरेर त्यसलाई कार्यान्वयनका लागि पठाउने सरकारको तयारी छ । त्यसका लागि अझै केही दिन लाग्नेछ ।

प्रधानमन्त्री कार्यालयका ती सहसचिवका अनुसार, राहदानी वितरणलाई चुस्तदुरुस्त बनाउन दुई सिफ्टमा सेवा दिने प्रस्ताव छ । लाइसेन्स वितरणको परिपाटी सुधार गर्ने भनिएको छ । ती सहसचिवले भने, ‘सेवाग्राहीको भीड हुने पासपोर्ट, मालपोत, यातायात लगायतका निकायलाई प्राथमिकता दिएर कार्ययोजना बनाइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?