+
+

गुगल म्यापले बतायो यस्तो बाटो, पहाडबाट खसे २ पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १२:२२

छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीबाट भारतकै उत्तराखण्ड घुम्न गएका दुई जना आन्तरिक पर्यटकलाई गुगल म्यापमाथि आवश्यकता भन्दा धेरै विश्वास गर्नु भारी परेको छ ।

उनीहरू विष्णुप्रयाग जाने तयारी गरिरहेका थिए । गुगल म्यापमा खोजेर उनीहरूले एउटा छोटो पैदल बाटो पनि पत्ता लगाए । उनीहरु गुगल म्यापले देखाएको बाटोबाट हिँड्दै गए ।

तर गुगल म्यापमा देखिएको पुल वास्तविक रुपमा टुटेको र पार गर्ने वैकल्पिक बाटो पनि नरहेपछि उनीहरू संकटमा परे ।

वैकल्पिक बाटो खोज्दै हिँडिरहँदा उनीहरू पहाडबाट तल खसे । धेरै समयपछि मात्र उनीहरुको उद्धार हुनसक्यो ।

दिल्लीबाट उत्तराखण्ड घुम्न गएका एक जोडीले गत बुधबार जोशीमठको विष्णुप्रयाग जाने योजनासहित हिंडेका थिए ।

गुगल म्यापबाट हेर्दा पैदलै जाँदा छिटो पुगिने बाटो उनीहरुले देखे । गुगल म्यापले कुनै सर्टकट बाटो बतायो र दुवैजना त्यहीं बाटो पछ्याउँदै अघि बढे ।

विष्णुप्रयागवाला पुल खराब मौसमका कारण २ वर्ष अगाडि नै बिग्रिएको उनीहरुलाई थाहै थिएन । तर त्यो कुरा गुगल म्यापमा अपडेट नभएको रहेछ । उनीहरू पुलको नजिकै गएपछि मात्र पुल बिग्रिएको देखे र नदी किनारामै अलपत्र परे ।

फेरि जोखिम मोलेर वैकल्पिक बाटो खोजिरहँदा उनीहरू खोंचमा खस्न पुगे । स्थानीय मानिसहरुले प्रहरीलाई खबर गरेपछि केही घण्टापछि मात्र उनीहरुको उद्धार भयो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?