+
+

माओवादी नेताहरूको वरीयता तोकियो, हरिबोल र जनार्दनभन्दा वर्षमान अगाडि (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १४:२३

२५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले महाधिवेशन भएको लामो समयपछि पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष नियुक्त गरी उपमहासचिव पम्फा भुसाललाई पनि उपाध्यक्षमा नियुक्त गर्दै माओवादीले वरीयता निर्धारण गरेको हो ।

माओवादी केन्द्र केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले पहिलेकै वरीयतालाई यसपाली पनि निरन्तरता दिएर सूची तयार पारिएको बताए ।

माघ १२–२१ गते सम्म बसेको स्थायी समिति बैठकले नेताहरुको वरीयता निर्धारणदेखि संगठन विस्तारको अभियान चलाउने सम्मका निर्णय लिएको थियो ।

पार्टीमा अध्यक्ष पुषपकमल दाहाल प्रचण्डपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । तीन उपाध्यक्षहरुमा कृष्णबहादुर महरा पहिलो, सापकोटा दोस्रो र भुसाल तेस्रो वरियतामा छन् । त्यसपछि महासचिव देवप्रसाद गुरुङ छ । उपमहासचिवको वरियतामा क्रमश: गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका यादव अन्तिममा छन् ।

त्यस्तै ४५ सदस्यीय स्थायी समिति सदस्यहरुको समेत वरीयता निर्धारण गरिएको छ ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?