+
+

संघीय संसदमा लवी रिपोर्टिङको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते १९:१४

२६ माघ, काठमाडौं । प्रतिनिधि सभामा लवी रिपोर्टिङको व्यवस्था हुने भएको छ । अन्तर्राष्ट्रिय अभ्यासमा रहेको लवी रिपोर्टिङको अभ्यास नेपालको संसदमा थिएन ।

तर, बिहीबार बसेको प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकले प्रतिनिधि सभा नियमावलीमै लवी रिपोर्टिङको व्यवस्था मिलाउने प्रावधान राखेको छ ।

समितिमा जुटेको सहमति अनुसार नियमावलीमा ‘प्रतिनिधिसभामा लवी रिपोर्टिङको व्यवस्था मिलाइनेछ’ भनी लेखिनेछ ।

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दै आएको छ ।

संसदको आफ्नै भवन सिंहदरवारमा बन्दैछ । नयाँ भवनमा लवी रिपोर्टिङको लागि भौति व्यवस्था समेत मिलाउने गरी संरचना बनिरहेको छ । यही बेला प्रतिनिधि सभा नियमावलीमा पनि लवी रिपोर्टिङको व्यवस्था राखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?