+
+

प्रहरीले समात्यो गैंडा शिकारीको गिरोह

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २६ गते २२:००

२६ माघ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गैंडाको चोरी शिकारीमा संलग्न एउटा गिरोहलाई समातेको छ । ब्यूरोले अपरेशन ‘रुट टु रुट’ चलाएर गैंडाको खाग विक्रीमा संलग्नसहित शिकारीहरुलाई पक्राउ गरेको हो ।

ब्यूरोका एसपी सञ्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा झापाका इन्द्रमणि आचार्य, बाँकेकी जमुनाकुमारी शर्मा, पाल्पाका बाबुलाल भट्टराई, कैलालीका गणेश भनिने गजाधर सापकोटा, प्रताप चौधरी, ललितपुरका डम्बरकुमार आले मगर, गोरखाका दानबहादुर राना, स्याङ्जाका निर्मल शाही, हरिमाया राना, भरतपुरकी सम्झना चेपाङ, चितवनका राजु भनिने सोमबहादुर चेपाङ, तुलसी चेपाङ, विरमान बाइबा छन् ।

चितवनबाट सीआईबीले राधाकृष्ण चेपाङ र आइतबहादुर तामाङलाई पनि पक्राउ गरेको छ । १९ पुसमा प्रहरीले काठमाडौं–७, सरस्वतीनगरमा गैंडाको खाग किनबेच हुन लागेको सूचना पाएको थियो । त्यही सूचनाको आधारमा पुगेको टोलीले इन्द्रमणि र जमुनाकुमारीलाई ५२२ ग्राम तौलको खागसहित समातेको थियो ।

त्यसबेला उनीहरुलाई खागसहित डिभिजन वन कार्यालय, हात्तिसार बुझाएको थियो । त्यसमाथि विस्तृत अनुसन्धान गर्दै जाँदा गिरोह नै समातिएको ब्यूरोका एसपी सञ्जयसिंह थापा बताउँछन् । उनका अनुसार पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्ने क्रममा सोमबहादुर चेपाङ सहितको टोलीले भरतपुरको नवजागृती सामुदायिक वन उपभोक्ता समितिको सीमामा पर्ने खगेडी खोला वन क्षेत्रमा गैँडा मारेर खाग विक्री गर्न पठाएको खुलेको छ ।

गैंडा मारेपछि केही दिन सोमबहादुरले कालिका नगरपालिका–९, शेरवासमा लगेर लुकाएको पाइएको उनी बताउँछन् । ‘उनले सम्झना भन्ने कमला तामाङलाई खाग विक्री गर्न दिएको पाइएको छ’, सिंह भन्छन्, ‘कमलाले काठमाडौं लैजान वीरमानसहितको सहयोग लिएको पाइएको छ ।’

चितवनबाट मोटरसाइकलमा मुग्लिङ हुँदै काठमाडौंसम्म खाग ल्याएको पाइएको प्रहरी अधिकृतहरु बताउँछन् । त्यसबेला खागलाई २० लाख रुपैयाँमा विक्री गर्ने योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?