+
+

अडिसनको लागि देश दौडाहामा निस्किए मिस नेपाल, यस्तो छ तालिका

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते ११:२६
फाइल तस्वीर

काठमाडौं । मिस नेपाल २०२३ को लागि मुलुकका प्रमुख सहरमा आयोजना गर्न लागिएको अडिसन र ओरिएन्टेसन मिति सार्वजनिक भएको छ । आयोजक संस्था द हिडन ट्रेजरले यसपटक सातै प्रदेशमा अडिसन गर्ने तयारी गरेको छ ।

यस वर्षदेखि तीन दिन लगाएर एक सहरमा प्रेसमिट, ओरिएन्टेसन र अडिसन हुनेछन् । पूर्वी नेपालको इटहरीमा बिहीबार पत्रकार सम्मेलन भएको छ । त्यहाँ शुक्रबार ओरिएन्टेसन र शनिबार अडिसन आयोजना हुँदैछ । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकार, मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरन्यासनल न्यान्सी खड्का इटहरी पुगेका छन् ।

सातै प्रदेशमा अडिसन गर्ने तयारीका साथ मिस नेपालको टोली त्यहाँ पुगेको हो । उक्त पत्रकार सम्मेलनमा बोल्दै निर्देशक कंसाकारले देशभर मिस नेपालको पहुँच पु¥याउन अघिल्लो संस्करणदेखि क्षेत्रीय अडिसनको थालनी भएको बताए । इटहरीपछि वीरगञ्ज, पोखरा, नेपालगञ्ज, धनगढीमा अडिसन हुने र अन्त्यमा काठमाडौंमा अडिसन गर्ने तयारी रहेको उनले जनाए ।

हिडन ट्रेजरले सार्वजनिक गरेको तालिकाअनुसार शनिबार इटहरीको होटल मादेन र वीरगञ्जको होटल विश्वामा फागुन ५ गते अडिसन हुनेछ । फागुन १० गते पोखराको वाटरफ्रन्ट रिसोर्ट, फागुन २० गते धनगढीको रुबुस होटल, फागुन २७ गते नेपालगञ्जको होटल सिद्धार्थ र फागुन २९ गते सुर्खेतको होटल सिद्धार्थमा अडिसन हुनेछ ।

मिस नेपाल २०२३ को ग्राण्ड फिनाले जेठ १३ गते ललितपुरको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुनेछ । चैत १ गतेसम्म आवेदन दिन सकिने द हिडन ट्रेजरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?