+
+

जनकपुरको राममन्दिरदेखि फिल्म ‘भगवत् गीता’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते १३:४९

काठमाडौं । जनकपुरको राममन्दिरदेखि फिल्म ‘भगवत् गीता’को छायांकन सुरु भएको छ । शुक्रबार उक्त क्षेत्रमा भागवत् र गीताको भूमिका निर्वाह गरिरहेका धीरज मगर र सुहाना थापाका केही दृश्य खिच्दै फिल्मको छायांकन प्रारम्भ भएको हो ।

निर्माता सुनिलकुमार थापाले झण्डै बीस दिन जनकपुर क्षेत्रमा छायांकन हुने बताए । सुटिङकै लागि कास्ट एण्ड क्रिउसहितको टोली जनकपुर पुगेको छ । शुक्रबार बिहान पूजाआजा गर्दै छायांकन प्रारम्भ भएको जानकारी निर्माता थापाले दिए । त्यहाँबाट जारी तस्वीरमा सुहाना, धीरज, बिपिन कार्की, अनुरागमानसिंह कुवँर लगायतको कलाकारलाई देख्न सकिन्छ ।

फिल्मलाई झरना थापाले निर्देशन गर्दैछिन् । भागवत्को भूमिकामा धीरज र गीताको भूमिकामा सुहानाले अभिनय गर्दैछन् । बिपिनले फिल्ममा पारालिंगी समुदायको एक क्यारेक्टरमा अभिनय गर्दैछन् । सुहाना इन्टरटेनमेन्ट र सुनिलकुुमार थापा प्रोडक्सनको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।

फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र मोफसलमा सुहानाकै कम्पनी त्रिनेत्रम डिष्ट्रिब्यूसनले वितरण गर्दैछ । जनकपुरको छायांकनपछि मात्र फिल्मको प्रदर्शन मिति घोषणा गर्ने जानकारी निर्माता थापाले दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?