 
																			२७ माघ, काठमाडौं । भक्तपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
चागुँनारायण नगरपालिका-६ बाख्रीगाउँमा ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक शंकर तामाङको मृत्यु भएको हो ।
उनी सवार मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल, साँखुमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।
यस्तै जोरपाटीमा बा ४ ख ८९१२ नम्बरको बसको ठक्करबाट बा ९९ प ३४८५ नम्बरको स्कुटरका चालक ओमकुमारी श्रेष्ठको मृतयु भएको छ ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको भत्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बस र चालक भक्तपुर इताछेका दयाराम देशेमरु प्रहरी वृत्त, जगातीको नियन्त्रणमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4