+
+

प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २७ गते २२:३३
Photo Credit : फाइल तस्वीर

२७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा शुक्रबार साँझ बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचन लगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ र, प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा कांग्रेस नेताहरुसँग निरन्तर भेटवार्ता गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?