+
+

राज्य संरचनामा प्रविधि बुझेको मान्छे हुनुपर्छ : सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २८ गते १६:२७

२८ माघ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राज्यको संरचनामा नयाँ प्रविधि बुझेको मान्छे हुनुपर्ने बताएका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको सूचना प्रविधि मेलाको अवलोकन गर्दै अध्यक्ष राउतले राजनीतिक तहमा प्रविधिसँग जानकार व्यक्तिको पहँुच भएमा देशमा प्रविधिको विस्तार गर्न सहज हुने बताएका हुन् ।

‘सूचना र प्रविधि क्षेत्रको विषयमा जानकार नभइदिँदाखेरि हाँस्यास्पद स्थितिहरु पनि हामीले देख्ने गरेका छौं । त्यो भएर सकेसम्म राजनीतिक ठाउँमा प्रविधिसँग जानकार व्यक्तिको पहुँच भयो भने प्रविधिको विस्तार गर्न सहज हुन्छ’ उनले भने ।

राज्यले कुनै पनि प्रविधिको प्रयोग गर्दा त्यसको सुरक्षाको सम्बन्धमा ध्यान दिनुपर्ने पनि बताए । प्रविधिको प्रयोग गर्दा राज्यले डेटा सर्भर कहाँ राख्ने ? सुरक्षा नीति के हुने ? लगायतको विषयमा विशेष रुपमा ध्यान पुर्‍याउनुपर्ने डा. राउतले बताए ।

‘राज्य संयन्त्रले कुनैपनि प्रविधि एडप्ट गर्दाखेरि धेरैकुरा सोच्नुपर्ने हुन्छ । जस्तो कि डेटा सर्भर कहाँ छ ? त्यसमा सुरक्षा नीति के खालको हुनेछ ? सुरक्षा प्रत्याभुति दिनसक्छौँ कि सक्दैनौँ ? र सबैकुरा फेलरको ब्याकअप कस्तो छ ? पूर्ण रुपमा फेलर भयो भने अनि के गर्ने ? धेरै कुरा सोचेर मात्रै कदम चाल्नुपर्ने हुन्छ’ डा. राउतले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?