+
+

जीतपुर सिटी मार्केटमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २९ गते ११:२८

२९ माघ, वीरगञ्ज ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ ।

आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । लाखौंको क्षति भएको अनुमान छ ।

आगलागीबाट हजारी साह र विवेक चौधरीले संचालन गरेको कपडा पसल जल्दा पाँच/पाँच लाख, मोहम्मद सुबराति र अनिल साहले संचालन गरेको कपडा पसलमा क्रमश: २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रसाद चौरसियाले संचालन गरेको पसलमा पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान छ ।

मार्केटमा अनिल साहले संचालन गरेको कपडा पसलबाट आगलागी सुरु भएको थियो । विधुत सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ । आगो किन र कसरी लाग्यो ? भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

व्यापारी मनोज साहले आगो लागेको देखेपछि होहल्ला गरेर मान्छे जम्मा पारेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका, वीरगञ्ज महानगरपालिका र नेपाल आयल निगम गरी ३ वटा बारूणयन्त्र, सुरक्षा निकाय र स्थानीय बासिन्दाको प्रयासमा  आगोलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

बिहान ७:३० बजे लागेको आगो ९ बजे नियन्त्रणमा आएको थियो । समयमै आगो नियन्त्रणमा लिएकोले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

आगलागीपछि सिटि मार्केटमा भागदौड मच्चिएको थियो भने छेउछाउका पसलेहरूले आ-आफ्नो पसलभित्र रहेको लता कपडा निकालेका थिए ।

कतिपयले समान ओसार पसार गर्दा पानीमा कपडा खसेकोले  कपडा काम न लाग्ने भएको बताएका छन् ।

आगलागीबाट ठूलो क्षति भएकोले जीतपुरसिमरा नगर उधोग बाणिज्य संघले १ बजे आकस्मिक बैठक बोलाएको छ ।

बैठकमा कसको के कति क्षति भयो के कसरी व्यवसायीहरुलाई राहत मिल्छ भन्ने समबन्धमा छलफल हुने नगर उधोग बाणिज्य संघको अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिए ।

बारा क्षेत्र न ४ को सांसद किसान श्रेष्ठ, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, वडा न ७ जीतपुरको वडा अध्यक्ष सुनिल गुप्ता, प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा घटना स्थलमै पुगेर व्यापारीहरूलाई सान्त्वना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?