+
+

फेसबुकका १० गज्जब फिचर, जुन तपाईंलाई थाहा नहुन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १ गते १४:१०

विभिन्न समस्या र आलोचना हुँदाहुँदै पनि फेसबुक अहिले डिजिटल दुनियाँको सबैभन्दा लोकप्रिय तथा बृहत सामाजिक सञ्जाल हो । नेता तथा पत्रकारहरु ट्वीटरतिर ढल्किएको र पछिल्लो पुस्ता स्न्यापच्याट र टिकटकतिर आकर्षित भइरहेको अवस्थामा आम इन्टरनेट प्रयोगकर्ताको रोजाइमा भने फेसबुक नै छ ।

फेसबुकले आम मानिसहरुलाई एकअर्कामा जोडिन निकै सहज प्लेटफर्म प्रदान गरेको छ । तर हामी धेरैलाई फेसबुकका कतिपय निकै महत्वपूर्ण तथा उपयोगी फिचरका बारेमा थाहा नै हुँदैन । फेसबुकका त्यस्तै १० गोप्य तर उपयोगी फिचर यस्ता छन्-

१. हामीले थाहै नपाएको हुनसक्ने एउटा इनबक्स

यदि तपाईंले लामो समयदेखि फेसबुक चलाउँदै आउनुभएको छ भने सम्भवतः तपाईंको फेसबुकमा नपढिएका मेसेजहरुले भरिएको एउटा फोल्डर खडा भइसकेको हुन्छ । Message Requests भनिने उक्त फोल्डर आफ्नो फेसबुक अकाउन्टमा छ भन्ने पनि धेरैलाई थाहा नहुन सक्छ । आफ्नो फेसबुकको साथी नरहेको कुनैपनि व्यक्तिले पठाएका मेसेज यो फोल्डरमा गएर बस्छन् । साथै यो फोल्डरमा विभिन्न विज्ञापनिक मेसेज तथा साइबर ठगहरुले पठाएका मेसेजहरु पनि थन्किएका हुन सक्छन् ।

यो फोल्डरमा रहेका मेसेज हेर्न फेसबुक लगइन गरी फेसबुकको होमस्क्रिनको सबैभन्दा माथिल्लो भागमा रहेको मेसेन्जर आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि See All in Messenger मा क्लिक गरी मेसेजहरुलाई फुलस्क्रिनमा हेर्न सकिन्छ । त्यहाँ रहेको तीनवटा थोप्ले मेन्युमा क्लिक गर्नुहोस् र Message Requests अप्सन छान्नुहोस् । त्यसपछि तपाईंले फ्रेण्डलिस्टमा नभएको कुनै मानिसले पठाएको सबै खालका फेसबुक मेसेज देख्न सक्नुहुन्छ । तपाईंले त्यस ठाउँमा See Spam अप्सन पनि देख्न सक्नुहुन्छ । त्यस्तो मेसेजलाई खोल्नुको साटो डिलिट गर्नुपर्छ ।

२. आफले फ्रेण्ड रिक्वेस्ट पठाएकाहरुको एकमुष्ट सूची हेर्नुहोस्

तपाईंले फेसबुकमा साथी बन्नका लागि अनुरोध गरी Friend Request पठाएकामध्ये कतिले तपाईंको अनुरोधलाई नजरअन्दाज गरे वा डिलिट गरे ? फेसबुकले यसको बारेमा पनि जानकारी राख्छ ।

त्यसका लागि facebook.com/friends/requests मा जानुहोस् र आफ्नो फेसबुक साथी बन्ने अनुरोधलाई अस्वीकार गर्ने तथा नजरअन्दाज गर्नेहरुको सूची हेर्नुहोस् ।

३. तपाईंको फेसबुक कसैले चलाइरहेको त छैन ? थाहा पाउनुहोस्

आफ्नो फेसबुक अकाउन्टमा अनुमतिविना कसैले लगइन गरेको छ भन्ने थाहा पाउन चाहनुहुन्छ ? त्यसका लागि Settings > Security and Login मा गएर  Where You’re Logged In मा हेर्नुहोस् । त्यहाँ तपाईंको फेसबुक अकाउन्ट, फेसबुक एप तथा मेसेन्जर एप लगइन भएका डेस्कटप तथा मोबाइल डिभाइसहरुको सूची देखिन्छ । तपाईंले त्यहाँ आफ्नो फेसबुक अकाउन्ट लगइन भएको ठाउँ, ब्राउजर तथा डिभाइस बारेको डाटा प्राप्त गर्न सक्नुहुन्छ । यदि त्यहाँ देखिएका डिभाइसका सूची तपाईं आफूले लगइन गरेका होइनन् भन्ने लाग्छ भने तपाईंले त्यस्ता डिभाइसबाट फेसबुक लगआउट गर्न सक्नुहुन्छ । त्यसका लागि three-dot menu मा गएर Log Out मा क्लिक गर्ने वा पेजको सबैभन्दा तलसम्म स्क्रोल गरी Log Out Of All Sessions मा क्लिक गर्ने गर्न सकिन्छ ।

४. अतिरिक्त सुरक्षा थप्नुहोस्

आफ्नो फेसबुक अकाउन्टलाई ह्याकिङ तथा अन्य पक्षबाट दुरुपयोग हुन नदिन फेसबुक अकाउन्टमा सुरक्षाका थप तहहरु थप गर्नु फाइदाजनक हुन्छ । आफूलाई फेसबुकमा बढी सुरक्षित गराउन Settings > Security and Login मा गएर यी तीन काम गर्न सक्नुहुन्छ ।

Two-Factor Authentication : फेसबुकमा मात्र होइन आफ्ना सबै खालका अनलाइन – अकाउन्टहरुमा यो दुई तहको प्रमाणीकरण राख्नु उपयुक्त हुन्छ । यसो गर्नाले कुनैपनि नयाँ डिभाइसबाट अकाउन्ट लगइन गर्दा अथेन्टिकेटर एप वा मोबाइल नम्बरमा आएको कोडसहित पासवर्ड entry गरेर मात्र फेसबुक अकाउन्ट लगइन गर्न सकिन्छ ।

यदि कुनै व्यक्तिले कुनै नयाँ डिभाइस वा ब्राउजरबाट तपाईंको फेसबुकमा लगइन गर्‍यो भने फेसबुकले तपाईंलाई त्यसको जानकारी दिने गर्छ । भीपीएन प्रयोग गर्दापनि तपाईंले त्यस्तो चेतावनी सन्देश प्राप्त गर्नुभएकै होला ।

अकाउन्ट लक्ड भएको अवस्थामा ३ देखि ५ वटासम्म विश्वासिला सम्पर्क नम्बर राख्नुहोस् : विश्वासिला सम्पर्क व्यक्ति अर्थात् Trusted Contacts भनेको यस्ता फेसबुक साथीहरु हुन् जसले यदि तपाईंले पासवर्ड बिर्सिएमा, मोबाइल डिभाइस हराएमा वा अन्य कारणले तपाईंको फेसबुक अकाउन्ट लक भएको खण्डमा तपाईंलाई आफ्नो अकाउन्टमा सुरक्षित तरिकाले लगइन गर्न सहयोग गर्छन् । तपाईंले आफ्ना विश्वासिलो सम्पर्कहरुको सूची आफ्नो अनुकूल परिवर्तन पनि गर्न सक्नुहुन्छ ।

५. आफ्ना फेसबुक पोस्ट देख्नबाट कसैकसैलाई बन्देज लगाउनुहोस्

तपाईंले आफ्ना फेसबुक पोस्टहरु कसलाई हेर्न दिने भन्ने कुराको तय गर्न सक्नुहुन्छ । सबैलाई, साथीहरुलाई मात्रै, साथीका साथीहरुलाई मात्र वा केवल कुनै निश्चित व्यक्तिहरुलाई आफ्नो फेसबुक पोस्ट देखाउने भन्ने छनोट तपाईंकै हुन्छ । यदि तपाईंका यस्ता साथीहरु पनि छन् जसले तपाईंको फेसबुकमा बढी चियोचर्चो नगरुन् भन्ने चाहुनुहुन्छ भने उनीहरुको पहुँचलाई नियन्त्रण गर्न सक्नुहुन्छ ।

यसका लागि तपाईंले restrict गर्न चाहेको साथीको प्रोफाइल पेजमा जानुहोस् । त्यसपछि three-dot menu  मा रहेको Friends मा क्लिक गर्नुहोस् । अनि Edit Friends List > Restricted मा क्लिक गर्नुहोस् । त्यसो गरेपछि उक्त व्यक्तिले तपाईंले फेसबुकमा गर्ने पब्लिक पोस्टबाहेक अन्य पोस्ट देख्न सक्दैन । तपाईंले आफूले बनाएको त्यस्ता प्रतिबन्धित साथीहरुको सूची हेर्न पनि सक्नुहुन्छ । त्यसका लागि facebook.com/bookmarks/lists मा गएर Restricted मा क्लिक गर्नुपर्दछ ।

६. Unfriend नगरीकन फेसबुकमा Unfollow गर्ने

सिद्धान्ततः तपाईंको फेसबुकमा भएका सबै साथीहरु तपाईंले मन पराउने व्यक्ति हुन् र तपाईंले उनीहरुका कुरा सुन्न चाहुनुहुन्छ । तर वास्तवमा यो पूर्ण यथार्थ होइन । यति हुँदाहुँदै पनि फेसबुकमा साथी बनिसकेको व्यक्तिलाई अनफ्रेण्ड गर्नु राम्रो देखिंदैन । त्यसैले यदि तपाईंलाई आफ्नो कुनै फेसबुक साथीको अनुहार फेसबुकमा देख्नुछैन वा उसका पोस्टहरु हेर्न दिक्क लाग्छ भने उसलाई साथीको सूचीबाट नहटाइकन अनफलो मात्रै पनि गर्न सक्नुहुन्छ । त्यसपछि उल्लेखित व्यक्तिका पोस्टहरु तपाईंको फेसबुक वालमा देखिंदैनन् ।

त्यसका लागि न्युजफिडमा गई कुनै फेसबुक साथीलाई छानेर Unfollow मा क्लिक गरे पुग्छ । कसैले अनफलो गरेको कुरा सम्बन्धित व्यक्तिलाई जानकारी नै हुँदैन । यदि तपाईंले अनफलो गरेको व्यक्तिलाई पुनः फलो गर्न चाहुनुहुन्छ भने Settings & Privacy > News Feed Preferences > Reconnect मा जानुहोस् ।

७. पछि हेर्नका लागि फेसबुक पोस्ट सेभ गर्नुहोस्

तपाईंले फेसबुकका कुनै महत्वपूर्ण तथा रोचक पोस्टहरुलाई पछि फुर्सदमा हेर्नका लागि सुरक्षित गर्न सक्नुहुन्छ । त्यसका लागि सम्बन्धित कुनैपनि पोस्टको दायाँ माथिल्लोपट्टिको ellipsis menu मा क्लिक गर्नुहोस र ड्रपडाउन मेन्युबाट Save link वा Save to watch later छान्नुहोस् । यसो गर्दा उक्त लिंक फेसबुकको Saved फोल्डरमा गएर बस्दछ । तपाईंले फेसबुकको बायाँपट्टिको favorites bar मा गएर Saved आइकनमा क्लिक गरी आफूले सेभ गरेका फेसबुक पोस्टका लिंकहरुको सूची देख्न सक्नुहुन्छ । स्मरणीय के छ भने उल्लेखित फेसबुक पोस्ट यदि डिलिट भयो भने Saved Post  पनि हराउँछ । तपाईंले आफ्ना Saved Facebook Posts लाई विषयअनुसार वर्गीकरण गर्न पनि सक्नुहुन्छ ।

८. फेसबुकमा कति समय बिताउनुभयो ? हेर्नुहोस्

आफूले फेसबुकमा दिनहुँ कति समय बिताइन्छ भनेर जान्नका लागि Settings & Privacy भित्र गई Your Time on Facebook मा क्लिक गर्नुहोस् । त्यहाँ See Time खण्डमा देखिने बारचित्रले तपाईं अघिल्लो हप्ता हरेक दिन कति मिनेट फेसबुकमा हुनुहुन्थ्यो भन्ने देखाउँछ । साथै तपाईंले त्यहाँ दिन र रातमा कति कति समय फेसबुक चलाइयो भन्ने जानकारीका लागि total number of visits पनि हेर्न सक्नुहुन्छ । तपाईंले त्यहाँ फेसबुकमा बिताउने दैनिक अधिकतम समय तय गर्न पनि सक्नुहुन्छ । त्यसका लागि Manage Your Time मा गएर निश्चित समयसम्म फेसबुक चलाएपछि सूचना दिने Daily Time Reminder सेट गर्न सक्नुहुन्छ ।

८. फेसबुकका सबै डाटा डाउनलोड गर्नुहोस्

के तपाईं फेसबुकमा आजसम्म आफूले सेयर गरेका सबै पोस्ट, सबै तस्वीर तथा भिडियो, गरेका मेसेज तथा च्याटलगायत सबै कुराको विस्तृत विवरण प्राप्त गर्न चाहुनुहुन्छ ? यसका लागि आफ्नो फेसबुक अकाउन्ट लगइन गरी Settings > Your Facebook Information Download Your Information मा क्लिक गर्नुपर्छ । त्यहाँ गएर आफूले कुन कुन कुरा डाउनलोड गर्न चाहेको हो ? कुन समयसम्मको फेसबुक डाटा डाउनलोड गर्न चाहेको हो र कुन ढाँचामा डाटा डाउनलोड गर्ने हो ? भन्ने कुरा छान्न सक्नुहुन्छ । त्यसपछि  Create File अप्सनमा क्लिक गर्नुहोस् । यति गरिसकेपछि तपाईंको फेसबुकका व्यक्तिगत डाटाहरु डाउनलोड हुन सुरु र फेसबुकले त्यसको जनाउ दिन्छ ।

९. भिडियोको अटो प्ले बन्द गर्नुहोस्

फेसबुकमा स्क्रोल डाउन गरिरहँदा कुनै भिडियो आफैं चालु भएर कहिलेकाहीं समस्यामा पनि पारेको हुनसक्छ । त्यसैले आफूले चाहेको बेलामा मात्र सम्बन्धित भिडियोमा क्लिक गरेपछि भिडियो चल्न सुरु गर्नेगरी मिलाउन तपाईंले फेसबुकमा Auto-Play Videos अप्सन बन्द गर्नुपर्दछ । त्यसका लागि Settings मा गएर Videos मेन्युबाट Auto-Play Videos को अप्सनलाई Off गरिदिनुपर्दछ ।

१०. अरुको जन्मदिनको सूचना नदेखिने बनाउनुहोस्

तपाईंको फेसबुकको साथीको सूचीमा रहेका व्यक्तिमध्ये कसको आज जन्मदिन छ भन्ने कुरा फेसबुकले सुरुमै बताइदिन्छ र जन्मदिनको शुभकामना देऊ भनेर सूचना पनि दिन्छ । यदि तपाईं फेसबुकमा यस्तो नोटिफिकेसन रोक्न चाहुनुहुन्छ भने Settings > Notifications मा गएर सबै खालका नोटिफिकेसन बन्द गर्न सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?