+
+

काठमाडौंमा सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव

आर्यन धिमाल आर्यन धिमाल
२०७९ फागुन २ गते ८:१६

२ फागुन, काठमाडौं । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार आह्वान गरेको सार्वजनिक यातायात बन्दको आंशिक प्रभाव परेको छ ।

केही बस, माइक्रो बस र ट्याक्सीहरु चलिरहेका छन् । यद्यपि अघिल्ला दिनको तुलनामा कम संख्यामा सार्वजनिक गाडीहरु चलेका छन् । त्यसैले यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य छन् । केही पैदलै हिँडेर गन्तव्यमा जान बाध्य छन् । सार्वजनिक बाहेकका यातायातका साधन भने निर्वाध चलिरहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक गाडीको संख्या काठमाडौं उपत्यकामा कम चले पनि आज बिहान काठमाडौंबाट लामो दूरीका गाडी छुटेको जनाएको छ ।

यातायात मजदुरहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाउँदै सार्वजनिक यातायत बन्द आह्वान गरेका हुन् । बन्दमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघ संलग्न छन् । उनीहरुले हिजो काठमाडौंको बालाजु क्षेत्रमा गरेको विरोध प्रदर्शनमा तोडफोड र आगजनीसमेत भएको थियो ।

सोमबार दिउँसोदेखि सुरु भएको आन्दोलनमा भिड उत्तेजित हुँदै बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै प्रवेश गरेर त्यहाँका मोबाइल पसलसहितका केही पसलमा तोडफोड गरेको थियो । उत्तेजित भीडले माछापोखरीमा सडकमै प्रहरीको दुईवटा गाडीसमेत जलाएको थियो ।

आज काठमाडौंका चोकचोकमा प्रहरीको सुरक्षा तैनाथी बढाइएको छ । प्रहरीले मोबाइल गस्ती पनि जारी राखेको छ ।

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?