+
+

नेपाली बजारमा सामसङको फोल्डेबल फोनको पुनरागमन 

फोल्डेबल फोन खरिदमा आकर्षक अफर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २ गते १३:०८

काठमाडौं । सामसङले लोकप्रिय टप–टायर फोल्डेबल फोन फेरि नेपाली बजारमा सार्वजनिक गरेको छ । लामो समयदेखि सामसङका फोल्डेबल फोन नेपाली बजारमा पाइन छाडेको थियो ।
कम्पनीले सासमङका ग्यालेक्सी जेड फ्लिप४ र ग्यालेक्स जेड फोल्ड ४ नेपाली बजारमा उपलब्ध गराएको हो ।

फोल्डेबल फोनसँगै कम्पनीले विभिन्न अफरहरु पनि सार्वजनिक गरेको छ । ग्यालेक्स जेड फोल्ड४ खरिद गर्दा त्यसमा १० हजार रुपैयाँ थप गरेमा ४९ हजार रुपैयाँ मूल्य पर्ने नयाँ ४६ मिमिको ग्यालेक्सी वाच४ क्लासिक पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । जसबाट ग्राहकलाई ३९ हजार रुपैयाँ बचत हुन गई अत्यधिक लाभ हुनेछ ।

यसैगरी अर्को आकर्षक अफर अन्तर्गत ग्यालेक्सी जेड फ्लिप४ खरिद गर्दा त्यसमा ५ हजार रुपैयाँ थप गरेमा २७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी बड्स२ प्रो अफरमा पाउने कम्पनीले बताएको छ । जसबाट ग्राहकलाई २२ हजार ९९९ रुपैयाँ बचत गर्न सकिने छ ।

जेड सिरिजले बजारमा उपलब्ध गराएका फोनहरुमा मुख्य फोल्डेबल फोन बनेर पहिले नै एक क्रान्तिकारी अवधारणा स्थापित गरिसकेको र यो अफर खास गरेर प्रेमिल महिनाको रुपमा चर्चित फेब्रुअरीलाई लक्षित गरेर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

यो अफर फेब्रुअरी महिनाको २८ तारिखसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?