+

भ्यालेन्टाइन डेमा चम्कने करण : लिग टुमा लिए तेस्रो पटक ५ विकेट

२०७९ फागुन  २ गते १४:०७ २०७९ फागुन २ गते १४:०७
भ्यालेन्टाइन डेमा चम्कने करण : लिग टुमा लिए तेस्रो पटक ५ विकेट

२ फागुन, काठमाडौं । करण केसी अर्थात भ्यालेन्टाइन डे ब्वाइ, आजको दिन प्रेमी जोडीहरुलाई विशेष बनेजस्तै करण केसीका लागि पनि विशेष बनेको छ ।

फेब्रुअरी १४ अर्थात आजकै दिन पाँच वर्ष अघि २०१८ मा नामिबियामा भएको डिभिजन टु क्रिकेटमा चमत्कारी इनिङ्स खेलेका उनले आज भ्यालेन्टाइन डेकै दिन त्रिवि मैदान कीर्तिपुरमा पनि गतिलो प्रदर्शन गर्दै ५ विकेट लिए ।

सन् २०१८ मा भ्यालेन्टाइन डेकै दिन भएको क्यानडासँगको खेल उनकै ब्याटिङको मद्दतमा नेपालले १ विकेटले जितेको थियो ।

नवौं नम्बरमा ब्याटिङमा आएका उनले ३१ बलमा ४२ रन बनाएका थिए । त्यो जितसँगै वर्ल्ड कप क्वालिफायरमा छनोट भएर नेपालले पहिलो पटक ओडीआई मान्यता पाएको थियो । त्यो खेल हारेको भए नेपाल वर्ल्ड कप क्वालिफायरमा छनोट हुने थिएन र एक दिवशीय मान्यता पनि पाउने थिएन ।

उनै करणले ५ वर्षपछि भ्यालेन्टाइन डेकै दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा गतिलो प्रदर्शन गरेका हुन् । स्कटल्याण्डसमेत सम्मिलित शृखंलाको पहिलो खेलमा करणले १० ओभर स्पेलमा ६१ रन खर्चेर ५ विकेट लिएका हुन् ।

त्यसका लागि करणले अन्तिम ओभरमा २ विकेट लिए । अन्तिम बलमा कप्तान रोहितकुमार पौडेलले बाउन्ड्री लाइनमा बर्नार्ड स्कोल्ट्जको उत्कृष्ट क्याच लिएपछि करणको ५ विकेट पूरा भएको थियो ।

करणले पहिलो विकेट ४०औं ओभरमा लिए । जान लोफ्टी एटोनलाई उनले आउट गर्दै विकेटको खाता खोलेका थिए । त्यसपछि उनले जान फ्रांकलिनलाई ४५औं ओभरमा बोल्ड गरे । नेपाल विरुद्ध लिग टुमा लगातार दोस्रो शतक प्रहार गरेका भान लिगेनलाई करणले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीबाट क्याचआउट गराए ।

करणले लिग टु क्रिकेटमा तेस्रो पटक एकै खेलमा ५ विकेट लिएका हुन् । यसअघि उनले गत जुनमा अमेरिकामा भएको लिग टु शृंखलामा ओमान विरुद्धका दुवै खेलमा ५-५ विकेट लिएका थिए ।

लिग टु मा करण ओमानका बिलाल खानसँगै सर्वाधिक ३ खेलमा ५ विकेट लिने खेलाडीको रुपमा छन् । बिलाल खानले लिग टु मा ३५ खेलबाट सर्वाधिक ७६ विकेट लिएका छन् ।

करणले लिग टु मा २१ खेलबाट ४२ विकेट लिइसकेका छन् । उनी सर्वाधिक विकेट लिनेमा छैटौं र नेपाली खेलाडीमा दोस्रो स्थानमा छन् ।

नेपालका पूर्व कप्तान सन्दीप लामिछानेले पनि २१ खेलबाटै ४५ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिनेमा चौथो स्थानमा छन् र तेस्रो स्थानमा रहेका ओमानका कप्तान जिसन मक्सुद भन्दा २ विकेटले मात्र पछि छन् ।

मक्सुदले ३४ खेलमा ४७ विकेट लिएका थिए ।

३५ खेलबाट ५८ विकेट लिएका अमेरिकामा सौरभ नेत्रभाल्कर दोस्रो स्थानमा छन् । ओमान र अमेरिकाले लिग टु मा सबै खेल खेलिसकेकोले नेपालका सन्दीप र करण नेत्रभाल्कर र मक्सुदलाई पछि पार्ने सम्भावना धेरै छ ।

नेपालले ओडीआई मान्यता पाउनुअघि करणले लिस्ट एमा पनि एक खेलमा ५ विकेट लिएका थिए । करणले २०१५ मा भएको वर्ल्ड क्रिकेट लिग डिभिजन टुमा पनि क्यानडा विरुद्ध ५ विकेट लिएका थिए ।

करण केसी नेपाल भर्सेस नामिबिया

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय