+
+

काठमाडौं महानगरको सार्वजनिक सुनुवाइ १९ फागुनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १२:४३

३ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले १९ फागुनमा सार्वजनिक सुनुवाइ गर्ने भएको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गदै महानगरले चालु आर्थिक वर्ष (आव) २०७९/८० मा भएका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लागायतका विषयमा सार्वजनिक सुनुवाइ गर्ने जानकारी दिएको हो ।

सार्वजनिक सुनुवाईमा सम्बन्धी सूचनामा उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधि, महिला, सिमान्तकृत वर्ग लगायत सरोकारवाला सबैलाई सहभागिताका लागि महानगरले आह्वान समेत गरेको छ ।

महानगरले चालु आवमा अहिलेसम्म सार्वजनिक सुनुवाइ गरेको थिएन । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई सार्वजनिक रुपमा जवाफदेही नभएको भन्दै आलोचना हुँदै आएको छ । स्थानीय सरकार स्ञ्चालन ऐन अनुसार प्रत्येक आर्थिक वर्षमा कम्तीमा दुई वटा सार्वजनिक सुनुवाइ स्थानीय तहले गर्नुपर्ने हुन्छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?