+
+

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि सांसदको प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ३ गते १३:२२

३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् ।

उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिम कार्डमा भ्रष्टाचार गर्नु अपराध हो भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरुको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे ।

उनले अयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? भन्दै प्रश्न गरे । सांसद भण्डारीले नेपालमा नाटक चलिरहेको टिप्पणीसमेत गरे ।

उनले भने, ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग । अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ । त्यो के हो ? यो नाटक, के नाटक, के का लागि नाटक ? त्यसैले हामीले हाम्रो संसदलाई विभिन्न विषयहरुको छलफलको थलो बनाउनुपर्छ ।’

सांसद भण्डारीले संसदलाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रुपमा अघि बढाउनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?