+
+

कुवेतको अल अन्सारी एक्सचेन्जबाट ईसेवा मनी ट्रान्सफरको सेवा सुरु

९ शाखाबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १३:११

काठमाडौं । ईसेवा मनी ट्रान्सफर र कुवेतको अल अन्सारी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल अन्सारी एक्सचेन्ज कुवेतका जेनेरल म्यानेजर मोहम्मद अब्दुल रहमानले हस्ताक्षर गरे ।

अल अन्सारी एक्सचेञ्ज जस्तो प्रतिष्ठित रेमिट्यान्स कम्पनीसँग रेमिट्यान्स सम्झौता गर्न पाउँदा एकदमै उत्साहित भएको कोइरालाले बताए । कुवेत वैदेशिक रोजगारीका लागि नेपालीहरुले रुचाएको ठाउँ भएको र यहाँ पहिलादेखि नै धेरै नेपालीहरुको बसोवास रही आएको हुनाले यस सम्झौताले सुरक्षित र भरपर्दो माध्यमबाट नेपालमा पैसा पठाउन सहजता हुने कुरामा आफूहरु विश्वस्त रहेको उनले बताए ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत शहरमा रहेका ९ वटा शाखाहरुबाट ईसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको ईसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन् ।

नेपालभर रहेका ईसेवा मनी ट्रान्सफरका एक लाख १२ हजार भन्दा बढी भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिट्यान्स नेपालमा प्राप्त गर्न सकिनेछ ।

हाल ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी रहेको हुनाले अल अन्सारी एक्सचेन्जको माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौंमा घर समेत जित्न सक्ने कम्पनीले बताएको छ ।

अल अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिट्यान्स आफ्नो ईसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप ७७ रुपैयाँको आकर्षक बोनस समेत पाउने छन् र मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?